होमपेज > उच्च अंकले घट्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

उच्च अंकले घट्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा अडिएको छ। अघिल्लो दिन नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको थियो। सो दिन ९ अर्ब माथिको शेयर कारोबार भएको थियो।

बिज्ञापन

आज ३१५ स्क्रिप्को १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको शेयर बजारमा आज एउटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पियोर इनर्जीको शेयर १० प्रतिशतले बढ्यो।

बिज्ञापन

ओम मेघाश्री फर्माक्युटिकल्सको शेयर ९.९४ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको ५.५८, नारायण डेभलपमेन्ट बैंकको ३.०३ र प्रभु स्मार्ट फण्डको शेयर २.९५ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६० करोड बढीकोशेयर कारोबार भयो। युनिर्भसल पावरको ४१ करोडको शेयर कारोबार हुँदा नगदी ग्रुपले ४० करोड,ओम मेघाश्री फर्माक्युटिकल्सले २८ करोड र बुटवल पावरले २० करोड बराबरको शेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ३४ स्टक्को मूल्य बढ्दा २१४ वटाको घटयो। सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ र होटल्स एण्ड टुरिजम समूहको उपसूचक २ प्रतिशत बढिले घट्यो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते