संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट संगीतकर्मी अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
बिज्ञापन
चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा एक जना महिला सदस्य बबिना भट्टराईसहित १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।
बिज्ञापन
संगीतकार लामाको अध्यक्षतामा भएको संगीतकार संघ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहेका छन् । त्यस्तै संघको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा तथा कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् । त्यसैगरी सदस्यहरुमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् ।
संगीत रत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन् । नवगठित कार्यसमितिलाई जेठ १८ गते एक कार्यक्रम आयोजना गरि पदभार हस्तान्तरण गर्ने निवर्तमान अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।








