गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ ।
बिज्ञापन
७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिए ।
बिज्ञापन
उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । रसिककी छोरी देश बाहिर रहेकाले भोलि ९सोमबार० मात्रै अन्त्येष्टि गरिने अध्यक्ष थापाले बताए ।








