होमपेज > भिभो वाई १९ एस प्रो नेपालमा सार्वजनिक, के-के छन् विशेषता? हेर्नुहोस्

भिभो वाई १९ एस प्रो नेपालमा सार्वजनिक, के-के छन् विशेषता? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिजलाई थप मजबुत बनाउँदै नयाँ वाई १९ एस प्रो सार्वजनिक गरेको छ ।

बिज्ञापन

नेपाली प्रयोगकर्ताबीच लोकप्रियता कमाउन सफलवाई १९ एस्को सफलता पछि वाई १९ एस प्रो अझ उन्नत ब्याट्री प्रदर्शन, स्टाइलिश डिजाइन र उपयोगकर्तामैत्री फिचरहरू सहित बजारमा ल्याइएको हो ।

बिज्ञापन

यस नयाँ संस्करणमा ६००० एमएएचको शक्तिशाली ब्याट्री दिइएको छ, जुन लामो समयसम्म बिना झन्झट प्रयोग गर्न सकिने बताईएको छ । ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजीले केवल ५० मिनेटमै २०%बाट ८०% सम्मचार्ज गर्न सक्षम बनाउँछ । साथै, ५ वर्षको ब्याट्री हेल्थ सुरक्षाअन्तर्गत, १७०० पटक चार्ज–डिस्चार्ज भएपनि कम्तिमा ८०% क्षमता रहेको छ ।

भिभो वाई १९ एस प्रोको एन्टी–ड्रप डिजाइन, एसजिएस ५ स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेशन सहितनिर्माण गरिएको छ, जसले दैनिक प्रयोगमा थप विश्वास र सुरक्षा प्रदान गर्छ । यसमा आईपि ६४ प्रमाणित धुलो तथा पानी प्रतिरोध क्षमता रहेको छ, जसले सानापानीका छिटा र धुलो सहज रूपमा सहन सक्ने बनाउँछ ।

बिज्ञापन

भिभो वाई १९ एस प्रो मा ६.६८ इन्चको हाई–ब्राइटनेस डज डिस्प्ले दिइएको छ, जुन ९० हर्ट्ज रिफ्रेश रेट र १००० निट्स पीक ब्राइटनेस सहित आएको छ । यसले उज्यालो घाममा पनि स्क्रिन स्पष्ट देख्न मद्दत गर्छ । साथै, टीयूभी राइनल्याण्ड लो ब्लू लाइट सर्टिफिकेसनले लामो प्रयोगपश्चात पनि आँखा थकान कम गर्छ । डुअल स्टीरियो स्पिकरले आवाजलाई ३००% सम्म बढाएर प्रयोगकर्तालाई जीवन्त अडियो अनुभवप्रदान गर्छ ।

फोटोग्राफी प्रेमीहरूका लागि, ५० एमपी एचडी मुख्य क्यामेरा सहितको सेटअपले सामान्य, पोट्र्रेट वा कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सक्षम बनाउँछ ।

डिजाइनमा पनि भिभोले पुन एकपटक उत्कृष्टता प्रस्तुत गरेको छ । ‘डाईनामिकलाईट’ नामक इनोभेटिभ एलिमेन्ट क्यामेरा मोड्युलमा समावेश गरिएको छ, जसले चार्ज हुँदै गर्दा, फोनकल आउँदा, गेमिङ वा फोटो खिच्दा सटल लाईट इफेक्ट्स देखाउँदै फोनलाई अझ स्टाइलिस बनाउँछ । भिभो वाई १९ एस प्रो दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध छ, पर्ल सिल्भर र डायमण्ड ब्लयाक ।

यो स्मार्टफोन जेष्ठ ११ गतेदेखि देशभरका अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइनमार्फत् मात्र रु २०,९९९ मा उपलब्ध हुनेछ । शक्ति, स्टाइल र भरपर्दो टिकाउपन एकैसाथ खोज्ने प्रयोगकर्ताहरूका लागि भिभो वाई १९ एस प्रो एक उपयुक्त विकल्प बन्नेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते