होमपेज > नबिल बैंक र हाम्रो पेबीच सहकार्य

नबिल बैंक र हाम्रो पेबीच सहकार्य

बिज्ञापन
बिज्ञापन

नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैंकिङ सेवा प्रदायक नबिल बैंकबीच प्रयोगकर्ताहरूका लागि थप सुविधा हुनेगरि सहकार्य भएको छ।

बिज्ञापन

नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने सुविधा उपलब्ध भएको हो। यो सुविधाअन्तर्गत अब नबिल बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङबाटै केही सेकेन्डमा हाम्रो पे वालेटमा पैसा पठाउन सक्नेछन् र “हाम्रो पे”ले प्रदान गर्दै आइरहेको क्यासब्याक र अफरहरूको लाभ उठाउन सक्नेछन् । यो सहकार्यले डिजिटल भुक्तानीलाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास लिइएको छ।

बिज्ञापन

हाम्रो पेमा नबिल बैंक लिंक गर्ने सुविधा पनि शीघ्र सुरु हुने बताइएको छ। यस सुविधाबाट प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता सिधै हाम्रो पेमा लिंक गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन्। यसले डिजिटल वालेट र बैंक खाताबीचको सम्बन्धलाई अझ सहज बनाउनेछ।

त्यसबाहेक नबिल बैंकका ग्राहकहरूका लागि हाम्रो पेबाट कार्डरहित रूपमा रकम बैंकको एटीएमबाट निकाल्न सकिने सुविधा पनि सुचारु गरिने बैंकले जनाएको छ । यसले प्रयोगकर्तालाई फिजिकल कार्डको आवश्यकता बिना मोबाइल एपबाटै रकम झिक्न सक्ने सुविधा दिनेछ।

बिज्ञापन

“हाम्रो उद्देश्य नेपाली प्रयोगकर्ताहरूको दैनिक भुक्तानी अनुभवलाई सरल, सुरक्षित र सर्वसुलभ बनाउनु हो। नबिल बैंकसँगको यो सहकार्य हाम्रो लागि डिजिटल नेपाल अभियानतर्फको एउटा महत्वपूर्ण पाइला हो ।” हाम्रो पात्रोको संस्थापक शंकर उप्रेती भन्छन् ।

हाम्रो पेमा आफूले गरेको खर्चको विश्लेषण गर्ने सुविधा पनि उपलब्ध छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो खर्च कहाँ र कसरी भइरहेको छ भनेर सतर्क बनाउँदै अनावश्यक खर्चलाई कम गर्न मद्दत पुर्याउछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते