नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार १०० रुपैयाँले घटेको हो । यससँगै शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
बिज्ञापन
यस्तै आज चाँदी तोलामा २० रूपैयाँले घटेको छ। बिहीबार तोलामा २ हजार २५ रूपैयाँ कायम भएको चाँदी शुक्रबार २ हजार ०५ रूपैयाँ कायम भएको हो ।








