साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
नेप्सेमा कारोबार भएका १०४ कम्पनीको शेयर मूल्य बढ्दा १४२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ ।
बिज्ञापन
नेप्सेमा आज ङादी ग्रुप पावरको ६९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा राधि विद्युत कम्पनीको ६० करोड ७१ लाख रुपैयाँ र तेस्रोमा कुमारी बैंकको ४२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.११ प्रतिशतका दरले कमाउँदा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ८.०६ प्रतिशतका दरले कमाएका छन् ।
बिज्ञापन
सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।








