होमपेज > नेपाली मौलिक कथामा आधारित चलचित्र ‘घरजम’ सार्वजनिक

नेपाली मौलिक कथामा आधारित चलचित्र ‘घरजम’ सार्वजनिक

बिज्ञापन
बिज्ञापन

नेपाली मौलिक कथामा आधारित चलचित्र ‘घरजम’ सार्वजनिक भएको छ । रोमियो फिल्मस अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बिज्ञापन

रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको ‘घरजम’ को निर्माता किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो रहेका छन् । यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियोहरुमा अभिनय साथै निर्देशन पनि गरेका छन् । घरजम लिम्बू समुदायको परम्परा, संस्कार र संस्कृतिलाई आधार मानेर निर्मार्ण गरिएको नेपाली मौलिक चलचित्रमा कथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।

बिज्ञापन

चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, कुसल थलङ, शुष्मा लिम्बु, भरतमणी पौडेल, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, एसिका जबेगु, जीवन भट्टराई, दिनेश माङमु, रबी शेर्मा, सीता कुमारी तुम्बापो, लक्ष्मी योङ्हाङ, आयुषा लिम्बुखिम, शैलेन्द्र थेबे, नुनाम केरुङ, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ लगायतको अभिनय रहेको छ । मौसम इम्बुङ लिम्बु (फुःलेन्देको बाउ) को निर्देशन रहेको चलचित्र घरजमको छायांकन युवराज राईले गरेका छन् भने जीवन थापाले सम्पादन गरेका हुन् ।

भिडियो

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते