होमपेज > नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

बिज्ञापन
बिज्ञापन

नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।

बिज्ञापन

कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको सो नगद लाभांश र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि भने ०।७८९४७३ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने जनाएको छ ।

बिज्ञापन

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?