होमपेज > ४ हजार प्रतिशतले बढ्यो ट्रस्ट माइक्रो इन्स्योरेन्सको खुद ब्याज आम्दानी

४ हजार प्रतिशतले बढ्यो ट्रस्ट माइक्रो इन्स्योरेन्सको खुद ब्याज आम्दानी

बिज्ञापन
बिज्ञापन

ट्रस्ट माइक्रो इस्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २ करोड ६४ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बिज्ञापन

गत आवको यसै अवधिसम्म ६ लाख ३८ हजार रूपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको कम्पनीको यस वर्ष करीब ४०४८ प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि भएको हो। यद्यपि गत वर्ष १ करोड १४ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष भने खुद नाफा ६७.५८ प्रतिशतले घटेर ३७ लाख २३ हजार रूपैयाँमा झरेको छ।

बिज्ञापन

यस वर्ष कम्पनीको कुल आम्दानी करीब २०० प्रतिशतले बढ्दा कुल खर्च भने ५६४ प्रतिशतले बढेको छ। कुल आम्दानी २ करोड ८२ लाख रूपैयाँबाट बढेर ८ करोड ४० लाख पुग्दा कुल खर्च १ करोड १८ लाख रूपैयाँबाट बढेर ७ करोड ८७ लाख रूपैयाँ पुगेको छ। चुक्ता पूँजी ५२ करोड ५० लाख रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा साढे ५ लाख रूपैयाँ, जगेडा कोषमा ४८ लाख रूपैयाँ र स्पेशल रिजर्भमा ५४ लाख रूपैयाँ सञ्चिति रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष २.१९ रूपैयाँ रहेकोमा चालू आवमा १.४८ रूपैयाँले घटेर ०.७१ रूपैयाँमा झरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते