जम्मू–कश्मीर को पुंछमा पाकिस्तानबाट भएको गोलाबारीमा भारतीय सेनाका लान्स नायक दिनेश कुमारको मृत्यु भएको छ।
बिज्ञापन
उनी हरियाणाको पलवल जिल्लाका बासिन्दा थिए। उनको मृत्युपछि परिवारको अवस्था नाजुक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी सेनाको गोलाबारीमा परी ५ फिल्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमार मारिएका हुन्।
बिज्ञापन
अधिकारीहरूका अनुसार हरियाणाको पलवलको मोहम्मदपुर गाउँ निवासी ३२ वर्षीय जवान दिनेश शर्मा नियन्त्रण रेखामा ड्युटीमा थिए। पाकिस्तानी सेनाले बुधबार जम्मु कश्मीरको नियन्त्रण रेखा ९एलओसी० नजिकै अवस्थित गाउँहरूलाई लक्ष्य गरी भारी तोप र मोर्टार गोलाबारी गरेको थियो।
जसमा परी लान्स नायक दिनेश कुमार सहिद भएका हुन्।








