होमपेज > माधवकुमार नेपालको मुटुमा समस्या, एन्जिओप्लास्टी सर्जरी गरियो

माधवकुमार नेपालको मुटुमा समस्या, एन्जिओप्लास्टी सर्जरी गरियो

बिज्ञापन
बिज्ञापन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ ।

बिज्ञापन

बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो । ‘उहाँको मुटुको एक नसा साँधुरो थियो । उक्त नसा खोलिएको छ,’ उपचारमा समलग्न चिकित्सकले  भने, ‘हिजो (बिहीबार) एन्जिओप्लास्टी गरिएको हो ।’

बिज्ञापन

एन्जियोप्लास्टी भनेको रक्त नली (खासगरी मुटुको रक्त नली) मा भएको अवरोध हटाउने चिकित्सा प्रक्रिया हो । कहिलेकाहीँ रक्त नलीमा बोसो वा अन्य पदार्थ जम्मा भएर साँघुरो हुन्छ, जसले रक्त प्रवाहमा समस्या ल्याउँछ । यो समस्यालाई हल गर्न एन्जियोप्लास्टी गरिन्छ ।

ती चिकित्सकका अनुसार नेपालको मुटुको समस्या पहिल्लादेखि नै थियो । ‘उहाँको मुटुको नसामा पहिल्यै देखि समस्या थियो । अप्रेसनको योजनाबद्ध रूपमा गरिएको हो,’ ती चिकित्सकले भने, ‘ अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।’

बिज्ञापन

मुटुको उपचारपछि नेपाललाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।

-एन्जिओप्लास्टी के हो?

मुटुको रक्तनलीमा अवरोध देखिएपछि तार, विशेष किसिमको बेलुन र स्टेन्टको मद्दतले साँघुरो भएकाले रक्तनलीलाई फराकिलो बनाउने वा बन्द भएको नलीलाई खुलाउने काम गरिन्छ ।

अवरोध भएको रक्तनलीलाई खुलाउने र रक्तप्रवाहलाई राम्रो बनाउने पद्धतिलाई नै एन्जिओप्लास्टिी भनिन्छ । यस उपचार पद्धतिमा शल्यक्रिया नगरी तिघ्रा वा हातको रक्तनली भएर मुटुको रक्तनलीमा तार छिराएर बेलुन वा स्टेन्टको मद्दतले अवरोधलाई हटाउने काम गरिन्छ ।

बेलुनको मद्दतले साँघुरो ठाँउलाई फराकिलो बनाइन्छ र त्यसपछि स्टेन्ट राखिन्छ । स्टेन्ट विशेष प्रकारको मेटलबाट बनेको रक्तनलीको आकारको हुन्छ ।

यसको काम फराकिलो गरिसकेको आर्टरीलाई फेरि साँघुरो हुनबाट बचाउनु र रक्तप्रवाहलाई सामान्य बनाउनु हो ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते