होमपेज > निर्जीवन बीमकको ७% ले बढ्यो व्यापार, कसको व्यवसाय कस्तो? हेर्नुहोस्

निर्जीवन बीमकको ७% ले बढ्यो व्यापार, कसको व्यवसाय कस्तो? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको ९ महिना चैतसम्म निर्जीवन बीमकहरुले ३२ अर्ब १२ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।

बिज्ञापन

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चैतसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले २१ लाख ३५ हजार २३३ वटा बीमालेख जारी गरेर ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ वटा बीमालेख जारी गर्दै २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ७.११ प्रतिशतले बढेको छ।

बिज्ञापन

चैतसम्म ११ वटा बीमकको व्यापार बढेको छ भने ३ वटा बीमकको घटेको छ। यो अवधिसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले ओरिएन्टल इन्स्योरेन्स अगाडि रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म शिखर इन्स्योरेन्सले ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार २.८५ प्रतिशतले बढेको छ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधसिम्म कम्पनीले ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ५.८४ प्रतिशतले बढेको छ।

बिज्ञापन

सिद्धार्थ प्रिमियर तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ७.४५ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको चैतसम्म हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७८१ करोड ५५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा हिमालयन एभरेष्टको ९.२८ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ३.५९ प्रतिशत, नेकोको ३.२५ प्रतिशत, ओरिएन्टलको ४१.९१ प्रतिशत र एनएलजीको १६.४१ प्रतिशतले व्यापार बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ, युनाइटेड अजोडले १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा युनाइटेड अजोडको व्यापार ६.२४ प्रतिशतले घट्दा सानिमा जीआईसीको ७.८४ प्रतिशत र नेपाल इन्स्योरेन्सको ३६.०९ प्रतिशतले बढेको छ।

उता समीक्षा अवधिसम्म प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड २६ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सको व्यापार १.३१ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको १३.३१ प्रतिशतले घट्दा नेसनल इन्स्योरेन्सको ०.६२ प्रतिशतले बढेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते