होमपेज > स्वास्थ्य बीमा बोर्ड र तीन अस्पतालमा एक हजार अस्थायी जनशक्ति थपिने

स्वास्थ्य बीमा बोर्ड र तीन अस्पतालमा एक हजार अस्थायी जनशक्ति थपिने

बिज्ञापन
बिज्ञापन

स्वास्थ्य बीमा बोर्डको भुक्तानी मूल्यांकन क्षमतामा सुधार गर्न अस्थायी जनशक्ति थपिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जनशक्ति थपको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

बिज्ञापन

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका लागि ४०२ जना अस्थायी जनशक्ति स्वीकृत गरेको छ। तीमध्ये ५६ जना अधिकृतस्तरका र ३४६ जना सहायक तथा श्रेणीविहीन कर्मचारी छन्। हाल बोर्डमा जनशक्ति अभावका कारण केवल गत साउनसम्मको दाबी मूल्यांकन सकिएको छ। बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले नयाँ जनशक्तिले चालु आर्थिक वर्षभित्र बाँकी दाबीको मूल्यांकन सक्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

बिज्ञापन

त्यसैगरी मन्त्रिपरिषदको निर्णयअनुसार तीन अस्पतालमा पनि अस्थायी जनशक्ति थपिएको छ। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९ जना, गेटा अस्पताल धनगढीमा १४१ जना र डडेलधुरा अस्पतालमा ३१३ जना दरबन्दी थपिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार संगठन तथा व्यवस्थापन संरचना नतोकिँदासम्म यो व्यवस्थाले सेवा सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते