शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१८ अंकले घटेर २६२२.६५ विन्दुमा रोकिएको छ ।
बिज्ञापन
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बुधबार पनि नेप्से ८.१४ अंकले घटेको थियो । त्यसअघिका दुई कारोबार दिन पनि नेप्से दोहोरो अंकले ओरालो लागेको थियो । आइतबार नेप्सेमा कुल ९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको बुधबार भने नेप्सेमा कुल ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिज्ञापन
आइतबार कारोबारमा आएकामध्ये ११७ कम्पनीको शेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ । आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य दुई कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।








