होमपेज > स्वास्थ्य बीमाका लागि ३ अर्ब निकासा

स्वास्थ्य बीमाका लागि ३ अर्ब निकासा

बिज्ञापन
बिज्ञापन

सरकारी तथा निजी अस्पतालको बक्यौता स्वास्थ्य बिमा बाफतको रकम भुक्तानी गर्न सरकारले ३ अर्ब निकासा गरेको जनाएको छ। अर्थ मन्त्रालयले गत शुक्रबार स्वास्थ्य बीमा बोर्डलाई उक्त रकम पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।

बिज्ञापन

सरकारले यो आर्थिक वर्षका लागि छुट्याएको साढे ७ अर्ब नपुगेपछि थप बजेट निकासा गरेको हो। उक्त रकम प्राप्तिपछि बोर्डले बक्यौता भुक्तानी दिन थाल्नेछ। विशेषगरी निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने सहमतिको सेरोफेरोमा रहेर उक्त रकम निकासा गरिएको हो।

बिज्ञापन

धेरै समयदेखि बक्यौता बीमाको रकम प्राप्त गरेपछि आवासीय चिकित्सकलाई तोकिएको ४८ हजार रुपैयाँ समयमै दिने अपेक्षा सरकारको छ। झन्डै एक महिनादेखि चलेको आन्दोलनलाई सरकारले अहिले साम्य पारेको छ। निजी मेडिकल कलेज उक्त रकम दिन तयार भएका छन्।

आन्दोलनरत पक्षका तर्फबाट नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालयसँग यसको कार्यान्वयनका लागि ४ बुँदे सहमति समेत गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते