होमपेज > लैराई जात्रामा भागदौड मच्चिँदा सात जनाको मृत्यु, ४० भन्दा बढी घाइते

लैराई जात्रामा भागदौड मच्चिँदा सात जनाको मृत्यु, ४० भन्दा बढी घाइते

बिज्ञापन
बिज्ञापन

भारतको गोवास्थित शिरगाउँमा शुक्रबार राति लैराई जात्राको क्रममा भएको भागदौडमा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये २० जना अवस्था गम्भीर रहेको सञ्चारमाध्यमहरुमा उल्लेख छ।

बिज्ञापन

राहत र उद्धार कार्य भइरहेको र मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो संख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे। त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो।

बिज्ञापन

लैराई जात्रा उत्तर गोवाको बिचोलिम तालुकको शिरगाउँ गाउँमा मनाइने एक हिन्दू धार्मिक उत्सव हो। जात्रा हरेक वर्ष अप्रिल वा मे महिनामा लाग्छ। गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौं भक्तजनहरू दर्शन गर्न जान्छन्। जात्रा मे २ को साँझदेखि मे ३ को बिहानसम्म आयोजना गरिएको थियो। यसै क्रममा दुर्घटना भएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते