होमपेज > कैलाली कारागारमा झडपमा परी मृत्यु भएका परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने

कैलाली कारागारमा झडपमा परी मृत्यु भएका परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने

बिज्ञापन
बिज्ञापन

कैलाली कारागारमा झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सुदूरपश्चिम सरकारले पाँच लाख राहत उपलब्ध गराउने भएको छ।

बिज्ञापन

कैलाली कारागारभित्र २३ गते राति कैदीबन्दीहरूको दुई समूहबीच झडपमा परी एक जनाको निधन भएको थियो। ४७ जनाभन्दा बढी कैदीबन्दी घाइते भएका थिए। आइतबार बसेको सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकले धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय मृतक कैदीबन्दी भरत चौधरीको परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो।

बिज्ञापन

बैठकले झडपमा घाइते भएका सम्पूर्ण ४७ जना कैद बन्दीको सम्पूर्ण उपचार खर्च सकारले बेहोर्ने निर्णय पनि गरेको छ। बैठकपछि जारी वक्तव्यमा कारागारभित्र हेलोजन लाइट, सिसिटिभी क्यामेरा शीघ्र जडान गर्ने निर्णय गरिएको छ। त्यस्तै कारागारको छानालगायत आवश्यक मर्मतसम्भार कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल सुरू गर्ने पनि उल्लेख छ। कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि तत्काल आवश्यक पर्ने उपकरण तथा साधनहरू व्यवस्थापन गर्ने पनि निर्णय भएको छ।

कारागारभित्र सुरक्षा व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि संघीय सरकारलाई अनुरोध गर्ने, कारागारको क्षमता भन्दा झण्डै पाँच गुणा बढी कैदीबन्दी रहेको हुँदा उत्पन्न सुरक्षा चुनौनी न्यूनीकरण गर्न कारगारको क्षमताअनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने पनि निर्णय भएको छ।

बिज्ञापन

कारागारभित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारी मार्फत निर्देशन दिने लगायत निर्णय भएका छन्।

528128565_1275835550916287_2670767786517230061_n-1754873404.jpg

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते