होमपेज > इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम काठमाडौंको ठुलोभर्‍याङमा

इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम काठमाडौंको ठुलोभर्‍याङमा

बिज्ञापन
बिज्ञापन

विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला काठमाडौंको ठुलोभर्‍याङमा नयाँ इलेक्ट्रिक स्कुटर शोरूम एक भव्य समारोहबीच उद्घाटन गरिएको छ ।

बिज्ञापन

यो शोरूम जिरो इमिसन राइड एनको १४औं अधिकृत डिलर हो, जसले बजारमा लुयान र सारथी स्कुटर जस्ता विश्वसनीय ब्रान्डका विद्युतीय स्कुटरहरू उपलब्ध गराउनेछ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा राइडर्स युनियन नेपालका अध्यक्ष माधव प्रसाद पाण्डेले रिबन काटेर उद्घाटन गरेका छन् । उनले वातावरणमैत्री प्रविधि र विद्युतीय सवारीको आवश्यकतालाई जोड दिँदै नेपालमा यस्ता प्रवर्द्धनात्मक पहलको प्रशंसा गरे।

बिज्ञापन

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रह्यो । जिरो इमिसन राइड एनका प्रबन्ध निर्देशक दुर्बस नगरकोटी, सिटिजन्स बैंक लिमिटेडकी शाखा प्रबन्धक श्रीमती रञ्जना पन्नाचन, र अटो व्यवसायी उत्तम गिरी लगायत उद्योग, बैंकिङ र व्यापार क्षेत्रका व्यक्तिहरूको सहभागिता देखिएको थियो । उनीहरूले पनि विद्युतीय यातायातले मुलुकको दिगो विकासमा खेल्न सक्ने भूमिकालाई सकारात्मक रूपमा प्रस्तुत गरे ।

शोरूममा ग्राहकको सुविधाका लागि फाइनान्स, एक्सचेन्ज, निःशुल्क चार्जिङ सेवा, र टेस्ट राइडको व्यवस्था गरिएको छ । यहाँ उपलब्ध लुयान र सारथी इकुटर ब्रान्डका स्कुटरहरू डिजिटल डिस्प्ले, की–लेस स्टार्ट, एन्टि–थेफ्ट अलार्म, युएसबी मोबाइल चार्जिङ पोर्ट, ३ मोड ड्राइभिङ, डिस्क ब्रेक, स्पेसियस बुट स्पेस जस्ता अत्याधुनिक फिचरले भरिपूर्ण छन् ।

बिज्ञापन

लुयान ६ वर्षदेखि नेपालमा बिक्री भइरहेको, सबैभन्दा धेरै सर्भिस सेन्टर र चार्जिङ नेटवर्क भएको इलेक्ट्रिक स्कुटरको ब्रान्ड हो, जसले ग्राहकलाई सुलभ सेवा र भरपर्दो यात्रा अनुभव दिन सफल भएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते