होमपेज > राजस्थानमाथि एक सय रनको जित निकाल्दै मुम्बई शीर्ष स्थानमा

राजस्थानमाथि एक सय रनको जित निकाल्दै मुम्बई शीर्ष स्थानमा

बिज्ञापन
बिज्ञापन

इण्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्समाथि सानदार जित निकाल्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ।

बिज्ञापन

गएराति सवाइ मानसिंह स्टेडियम जयपुरमा राजस्थानलाई एक सय रनले पराजित गर्दै मुम्बई आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो। २१८ रनको लक्ष्य दिएर बलिङ गरेको मुम्बईले १६.१ ओभरमा राजस्थानलाई अल आउट गर्‍यो। राजस्थानले ११७ रनमात्रै जोडेको थियो।

बिज्ञापन

त्यसक्रममा मुम्बईका ट्रेन्ट बोल्ट र कर्ण शर्माले तीनरतीन विकेट लिए। जसप्रित बुमराहले २ तथा दिपक चाहर र हार्दिक पाण्ड्याले १/१ विकेट लिए। राजस्थानका लागि जोफ्रा आर्चरले बनाएको ३० रन सर्वाधिक रह्यो। कप्तान रियान पराग १६, शुभम दुबे १५, यशश्वी जैसवाल १३ र ध्रुव जुरेलले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिले ब्याटिङ गरेको मुम्बईले २ विकेटमात्रै गुमाएर २१७ रन जोडेको थियो। मुम्बईका लागि सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्याले नट आउट ४८/४८ रन बनाए। यादवले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने पाण्ड्याले २३ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। त्यसअघि ओपनर र्‍यान रिकेल्टनले ३८ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ६१ रन जोडेका थिए।

बिज्ञापन

अर्का ओपनर रोहित शर्माले ३६ बलमा ९ चौका प्रहार गरी ५३ रनको योगदान गरे। राजस्थानका महिश थिकशाना र रियान परागले एकरएक विकेट लिए। शीर्ष स्थानमा उक्लिएको मुम्बईको १४ अंक छ। राजस्थान ६ अंकक साथ आठौं स्थानमा छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते