होमपेज > दुर्घटनामा परी कानुन अधिकृत बस्नेतको मृत्यु

दुर्घटनामा परी कानुन अधिकृत बस्नेतको मृत्यु

बिज्ञापन
बिज्ञापन

मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा बिहीबार अपराह्न भएको दुर्घटनामा परी झापाको दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ।

बिज्ञापन

चितवनबाट झापा फर्किँदै गरेको मे १ च ३०४० नम्बरको गाडी (एसयुभी) अनियन्त्रित भई सडक किनारको फलामे बेरियरमा ठोक्किएर पल्टिँदा दमक–३ घर भएका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनामा गाडीमा सवार ६ जना घाइते भएका छन्।

बिज्ञापन

दुर्घटनापछि ५५ वर्षीय बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।गाडी चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङ, दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह–१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन्।

उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक कमल बजगाईंले बताए। उनीहरू न्यायिक समितिको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा दुर्घटनामा परेको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते