होमपेज > पेस्तोल पड्काउँदै नाचेकी बबीसिंह यादव शर्तमा छुटिन्

पेस्तोल पड्काउँदै नाचेकी बबीसिंह यादव शर्तमा छुटिन्

बिज्ञापन
बिज्ञापन

‘पेस्तोल पड्काउँदै नाचेर भाइरल बनेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबीसिंह यादव बोलाएको बेला हाजिर हुने शर्तमा कागज गरेर छुटेकी छन् ।

बिज्ञापन

सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको भिडिओ भाइरल भएपछि उनलाई सप्तरी प्रहरीले बोलाएर बयान लिएको हो । बयानपछि बोलाएको बेला हाजिर हुने गरी कागज गराएर छाडिएको सप्तरी प्रहरीले जनाएको छ । बबीले प्रहरीसमक्ष आफूले मनोरञ्जनका लागि पेस्तोल पड्काएको र त्यो खेलौना भएको बयान दिएकी छन् ।

बिज्ञापन

सिंहले पड्काएको पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट बरामद भएको थियो । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बरामद पेस्तोल नक्कली जस्तै देखिएको भन्दै परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने जानकारी दिए ।

उनका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएकी हुन् । सप्तरीको बोदेबर्साइन् नगरपालिका–५ घर भएकी उनी जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्य तथा पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते