होमपेज > बजाजको चेतक ३५ सिरिजमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक, कति पर्छ मूल्य?

बजाजको चेतक ३५ सिरिजमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक, कति पर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

बजाज अटोले चेतक ३५ सिरिजमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा चेतकको ३५०३ मोडल १ लाख १० हजार भारु (एक्स शोरुम) मूल्य निर्धारण गरेर सार्वजनिक गरेको हो ।

बिज्ञापन

बिज्ञापन

यो स्कुटर बजाज चेतकको सबैभन्दा सस्तो मोडल हो । चेतक पछिल्लो समय भारतीय बजारमा लिडरको रूपमा रहँदै आएको छ । कम मूल्यको नायँ मोडल आएसँगै यसले बजारमा अझै प्रभाव पार्ने देखिन्छ । नयाँ चेतक ३५०३ मा ३.५ किलोवाट आवरको ब्याट्री रहेको छ । यो ब्याट्रीलाई ०–८० प्रतिशत चार्ज हुन करिब ३ घण्टा २५ मिनेट समय लाग्ने छ । एक पटकको फुलचार्जमा यस स्कुटरले १५५ किलोमिटरसम्मको रेन्ज दिनेछ भने यसको टप स्पीड ६३ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले दाबी गरेको छ ।

पूरा मेटल बडी डिजाइनमा आएको यस स्कुटरमा ब्लुटूथ कनेक्टिभिटी सहितको कलरफुल एलसीडी डिस्प्ले, टेकप्याकका साथै एड्भान्स फिचर्स अपडेट गर्ने सुविधा, अलोय ह्वील, दुवै टायरमा ड्रमब्रेक, ३५ लिटरको बुट स्पेस, इको र स्पोर्ट गरी दुई राइडिङ मोड र हिल होल्ड एसिस्ट जस्ता फिचरहरू पाउन सकिन्छ ।

बिज्ञापन

बजाज मोटरसाइकल नेपालमा सर्वाधिक बिक्री हुने ब्राण्डमा पर्छ । नेपालमा बजाजको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चेतक स्कुटर नेपाली बजारमा बिक्री सुरू गर्ने तयारी थालेको छ । कम्पनीले नेपाली बजारमा ३५ सिरिजकै दुई मोडल सार्वजनिक गर्ने तयारी थालेको छ भने, ३५०३ पनि चाँडै नेपाली बजारमा आउने अनुमान गरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते