होमपेज > नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ ले भारतको चलचित्र महोत्सवमा जित्यो ३ विधामा अवार्ड

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ ले भारतको चलचित्र महोत्सवमा जित्यो ३ विधामा अवार्ड

बिज्ञापन
बिज्ञापन

भारतको इन्टरनेशनल स्टार सिने अवार्डमा नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ ले ३ विधामा अवार्ड प्राप्त गरेको छ ।

बिज्ञापन

भारतको वन्ली फिल्म फेस्टिभलको आयोजना रहेको सो चलचित्र महोत्सवमा ‘द स्कुल वाल’ ले बेष्ट सर्ट फिल्म, बेष्ट स्टोरी ओरिजिनल र बेष्ट डिरेक्टर जुरी मेन्सन अवार्ड पाएको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यस लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् ।

बिज्ञापन

लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् । थुप्रै लघुचलचित्र तथा नाटकहरु निर्माण गरिसकेका क्षेत्री ‘द स्कुल वाल’ छोटो समयमा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विजेता बनेकोमा खुशी लागेको बताउँछन् । हामीजस्ता भुइँमान्छेले निर्माण गरेको लघुचलचित्र अन्तराष्ट्रिय बजारसम्म पुग्नु नै ठूलो कुरा हो । यसले अझै केहि गर्ने जोश, जाँगर र आँट थपिदिएको छ । अब चाँडै ठूलो पर्दाको चलचित्र निर्माण गरिने उनी बताउँछन् ।

‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएकोे छ । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बिज्ञापन

बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ ले रसियाको किनो चलचित्र महोत्सवको फाईनलमा पनि विजेता बनेको थियो । यो लघुचलचित्रले ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’, छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार, ग्लोबल एक्सिलेन्स अवार्डमा बेष्ट सर्ट फिल्म अवार्डसमेत प्राप्त गरेको थियो ।

‘द स्कुल वाल’ अमेरिकाको फेस्टिभल एन्जेलिका र स्मलरिग्स अवार्ड, नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, इटालीको वर्क एण्ड इन्टरप्राइजेज फिल्म फेस्टिभल अवार्ड, इजिप्टको पोर्ट सेड फिल्म फेस्टिभलमा छनोटमा परेको थियो । त्यस्तै ब्राजिलको फेस्टिभल द सिनेमा स्टुडेन्टि द ग्युबा, मलेसियाको क्वालालाम्पुर इन्टरनेशनल फिल्म अवार्ड, कोरियाको वन वल्र्ड वन फ्लावर इन्टरनेशनल बुद्धिष्ट फिल्म फेस्टिभल, भारतको सिएमएस, इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाईम फिल्म मेकर सेसन्समा पनि छनोट भएको थियो ।

नेपालको इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल (किम्फ), नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) थाहा चलचित्र महोत्सव लगायतका चलचिचित्र महोत्सवहरुमा समेत छनोट भएको थियो । विभिन्न विद्यालयहरुमा समेत प्रदर्शन भईरहेको ‘द स्कुल वाल’ को बजार व्यवस्थापक रुपमा लर्निङ मिडिया एण्ड इभेण्ट प्रालिले गरिरहेको छ ।

यस चलचित्रलाई विद्यालयहरुमा प्रदर्शन गर्दा विद्यालय, शिक्षक तथा विद्यार्थीहरुले सकरात्मक प्रतिक्रिया दिएको र धेरै विद्यालयहरुबाट प्रदर्शनको लागि माग भएको बजार व्यवस्थापक कपिलराज लामिछाने बताउँछन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते