होमपेज > नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

बिज्ञापन
बिज्ञापन

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार दिउँसो काठमाडौंको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका छन्। जनमत पार्टीसँगको प्रस्तावित एकता कार्यक्रमको पूर्वसन्ध्यामा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बिज्ञापन

स्रोतका अनुसार चौधरी पार्टी एकीकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। २०७२ साल भदौ महिनामा टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो। त्यस फैसलापछि उनी लामो समय कारागारमा बसेका थिए। तर २०८० सालको गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारले विशेष सिफारिस गर्दै चौधरीलाई आममाफीको सूचीमा समावेश गर्‍यो। सो सिफारिसअनुसार राष्ट्रपतिको निर्णयले उनी कारावासमुक्त भएका थिए।

बिज्ञापन

तर, रेशम चौधरीको आममाफीपछि उनको रिहाइ भएको भोलिपल्टै टीकापुर घटनाका पीडित पक्षबाट सर्वोच्च अदालतमा कानुनी चुनौती प्रस्तुत गरिएको थियो। घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहोराका परिवार तर्फबाट उनकी पत्नी शारदा कडायतले राष्ट्रपतिको माफी विरुद्ध रिट निवेदन दर्ता गरेकी थिइन्।

टीकापुर घटनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट थुनामा राख्नुपर्ने आदेश जारी भएकाले सोही आदेश कार्यान्वयनको प्रक्रियाअन्तर्गत रेशम चौधरीलाई पक्राउ गरिएको बताइएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते