विदेशमा रहेका नेपाली कामदारहरूको लागि रेमिट्यान्स प्रक्रिया अझै सहज, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित CBL मनी ट्रान्सफरसँग रेमिट्यान्स सेवा सम्बन्धी औपचारिक सम्झौता गरेको छ।
बिज्ञापन
२०७२ साल वैशाख १५ गते सोमबारदेखि लागू हुने गरी गरिएको यस सम्झौताअनुसार अब मलेसियामा रहेका नेपालीहरुले ऋद्यी मनी ट्रान्सफरका १५ वटा शाखा तथा ऋष्तथ च्झष्त एप प्रयोग गरेर सजिलै नेपालमा पैसा पठाउन सक्नेछन्।
बिज्ञापन
नेपालमा पठाइएका रकम माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरू मार्फत सहज रूपमा भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको छ। साथै, देशका जुनसुकै बैंक खातामा पनि तुरुन्तै रकम जम्मा हुने व्यवस्था बैंकले सुनिश्चित गरेको छ।
सम्झौतापत्रमा ऋद्यी मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन्। यस सेवा अन्तर्गत माछापुच्छ्रे बैंकले मलेसियामा रहेका ग्राहकहरूलाई लक्षित गर्दै मलेसियाली मोबाइल नम्बरमै बैंकको मोबाइल बैंकिङ एप “ःयद्यबलप” सेवा उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।
बिज्ञापन
माछापुच्छ्रे बैंक हाल पुर्वदेखि पश्चिम, हिमालदेखि तराईसम्म २७५ स्थानमा सेवा विस्तार गरिसकेको छ। बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर तथा २०४ वटा एटीएममार्फत १७ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।








