होमपेज > वीर अस्पतालकी नर्सिङ प्रमुख संगीता श्रेष्ठबिरुद्ध अख्तियारदेखि विभिन्न निकायमा उजुरी

वीर अस्पतालकी नर्सिङ प्रमुख संगीता श्रेष्ठबिरुद्ध अख्तियारदेखि विभिन्न निकायमा उजुरी

बिज्ञापन
बिज्ञापन

वीर अस्पतालकी नर्सिङ प्रमुख संगीता श्रेष्ठलाई कारबाही माग गर्दै उनी मातहत कार्यरत पीडित कर्मचारीहरुले विभिन्न निकायमा उजुरी दिएका छन् । श्रेष्ठले आफूहरुलाई दुःख दिने गरेको भन्दै कारबाही गरी सरुवा गर्न पनि पीडित कर्मचारीहरुले माग गरेका हुन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय महिला आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग तथा राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेर पीडितहरुले नर्सिङ प्रमुख श्रेष्ठलाई कारबाही गर्न माग गरेका हुन् ।

बिज्ञापन

उनीहरुले विभिन्न आर्थिक, प्रशासनिक अनियमितता र ज्यादती तथा विभेदविरुद्ध श्रेष्ठमाथि आवश्यक छानबिन गरी हदैसम्म कारबाही गर्न माग गरेका छन् । साथै उनलाई तत्कालै वीर अस्पतालबाट सरुवा गर्न पनि अनुरोध गरेका छन् ।

सम्बन्धित निकायहरुमा लेखिएको पत्रमा अस्पतालमा विभिन्न आर्थिक, प्रशासनिक अनियमितता गरेको, कर्मचारी भर्नामा अनियमितता गरेको, जातीयताका आधारमा विभेद गरेको, सरसफाइ सम्बन्धी सामान आयातमा मिलेमतोमा अनियमितता गरेको लगायतका भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

बिज्ञापन

त्यस्तै कर्मचारी छनोट गर्दा भ्रष्टाचार गरेकोसमेत आरोप छ । पीडित कर्मचारी समूहले प्रमख श्रेष्ठ कार्यालय समयमै विभिन्न कलेजमा पढाउन जाने गरेको आरोपसमेत लगाएका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते