होमपेज > चितवनका तीन विद्यालयमा एम्बार्क अनम्याथको अन्तरक्रियात्मक तालिम

चितवनका तीन विद्यालयमा एम्बार्क अनम्याथको अन्तरक्रियात्मक तालिम

बिज्ञापन
बिज्ञापन

सन् २०१२ मा स्थापना भएको एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत किताब–मुखी अभ्यासबाट बाहिर निकाल्दै रोचक र वास्तविक जीवनसँग जोडिएको सिकाइमा रूपान्तरण गर्दै आएको छ । यही उद्देश्यलाई अघि बढाउँदै, एम्बार्क अनम्याथको टिमले अगष्ट ४ देखि ८ सम्म चितवनका तीन विद्यालय—अङ्कुरम् स्कूल, शिक्षा विकास स्कूल र स्मल हेभन स्कूलमा अन्तरक्रियात्मक कक्षाकोठा तालिम सञ्चालन गरेको थियो ।

बिज्ञापन

यस तालिमले शिक्षकलाई योजनाबद्ध गतिविधिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पु¥यायो । अवलोकन, नमूना कक्षा, निर्देशन, र शिक्षक–नेतृत्वमा भएका अभ्यास सत्रहरूका माध्यमबाट कार्यक्रमले शिक्षण रणनीति सुधार, कक्षाकोठामा सक्रियता बढाउने र विद्यार्थीलाई आकर्षक सिकाइ अनुभव दिने लक्ष्य राखेको थियो । विद्यालयअनुसार तालिम फरक–फरक ढंगले सञ्चालन गरिएको थियो ।

बिज्ञापन

अङ्कुरम् स्कूलका शिक्षकहरूले विभिन्न गतिविधिहरु आफैं सञ्चालन गरेका थिए भने, एम्बार्कको टिमले त्यसको अवलोकन गर्दै आवश्यक निर्देशन प्रदान गरेको थियो । शिक्षा विकास स्कूलको टिमले पहिलो दिन नमूना कक्षा प्रदर्शन गरेको थियो भने दोस्रो दिन शिक्षकहरूले आफैं अभ्यास गरेका थिए ।  त्यसैगरी स्मल हेभन स्कूलमा व्यावहारिक अभ्यास सत्रमार्फत शिक्षकहरूले नयाँ विधिहरूमा सक्रिय सहभागिता जनाएका थिए ।

तालिममा सहभागी शिक्षकहरूले सकारात्मक अनुभव साझा गरेको बताए । स्मल हेभन स्कूलका एक शिक्षकले भने, “विद्यार्थीहरूले गतिविधिहरूमा देखाएको उत्साह हेर्दा हामी यी विधिहरू निरन्तर प्रयोग गर्ने आत्मविश्वास पाएका छौं ।” शिक्षा विकास स्कूलका अर्का शिक्षकले भने, “परम्परागत कक्षामा विद्यार्थीहरू निष्क्रिय रहन्थे तर अब खेल र गतिविधिमा उनीहरू सक्रिय सहभागी बनेका छन ।”

बिज्ञापन

यस तालिमबाट शिक्षकहरूले नयाँ रणनीतिमा व्यावहारिक अनुभव पाएको बताए भने विद्यार्थीहरूले पनि कक्षामा सक्रिय सहभागिता देखाएका थिए । अब शिक्षकहरू आत्मविश्वासका साथ अन्तरक्रियात्मक कक्षा सञ्चालन गर्न सक्षम भएका छौँ, एक शिक्षकले भने । विशेषगरी शिक्षा विकास स्कूलमा भएको तालिमले शिक्षक र विद्यार्थी दुवैलाई गहिरो प्रभाव पारेको बताए ।

एम्बार्क अनम्याथले आगामी दिनमा पनि नियमित फलोअप भ्रमण र निर्देशनमार्फत शिक्षक र विद्यार्थीहरुलाई निरन्तर सहयोग गर्ने योजना बनाएको एम्बार्क अनम्याथकी कन्ट्रीहेड मोहिनी श्रेष्ठले बताए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते