कुमारी बैंक लिमिटेडले २ हजार ३०५ कित्ता शेयर बिक्री गर्ने भएको छ ।
बिज्ञापन
बैंकले संस्थापक समूहको उक्त शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन गर्न सक्नेछन् । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
बिज्ञापन
बैंकले तोकेको सो समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा सो शेयरसर्वसाधारणलाई बिक्री गरिने बैंकको भनाई छ ।








