होमपेज > विद्यालय नआउने शिक्षकलाई राजीनामा दिन गाउँपालिकाको निर्देशन

विद्यालय नआउने शिक्षकलाई राजीनामा दिन गाउँपालिकाको निर्देशन

बिज्ञापन
बिज्ञापन

गुल्मीको कालिगण्डकी गाउँपालिकाले आइतबारदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

बिज्ञापन

कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले सूचना जारी गर्दै वैशाख १४ गतेबाट अनिवार्य रुपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएका हुन्। शिक्षकहरुको आन्दोलनका कारण पालिकाभित्रका विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेकोले वैशाख १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रूपमा विद्यालयमा उपस्थित भएर नियमित पठनपाठन सञ्चालन गर्न शिक्षक कर्मचारीहरुलाई आग्रह गरेको हो।

बिज्ञापन

गाउँपालिकाको निर्देशनको अवज्ञा गर्ने विद्यालयका शिक्षक तथा कर्मचारीलाई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा उल्लेख छ। गाउँपालिका अध्यक्ष थापाले विद्यालयमा उपस्थित भएर विद्यालय संचालन नगर्ने शिक्षक कर्मचारीहरुलाई राजीनामा दिन वा सरुवा भएर अन्यत्र जान पनि निर्देशन दिएका छन्।

यस्तै रुपन्देहीको रोहिणी गाउँपालिकाले पनि आइतबारदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयहरु संचालन गर्न निर्देशन दिएको छ। गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले सूचना जारी गर्दै वैशाख १४ गते आइतबारदेखि सामुदायिक विद्यालयहरुमा अनिवार्य रूपमा पठनपाठन सुरु गर्न निर्देशन दिएका हुन्।

बिज्ञापन

गाउँपालिकाले जारी गरेको सूचनामा शिक्षकहरुलाई वैशाख १४ गतेदेखि अनिवार्य रुपमा विद्यालयमा उपस्थित भइ नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका कामलाई अगाडी बढाउन भनिएको छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारीहरुको काठमाण्डौंमा जारी आन्दोलनले देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन मात्र होइन नतिजा प्रकाशन र भर्ना कार्यक्रम समेत अगाडि बढ्न सकेको छैन।

491277783_4051755978401160_7712120817770843643_n-1745656010.jpg

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते