होमपेज > रौतहटमा महिन्द्राको नयाँ २ एस सर्भिस सेन्टर संचालनमा

रौतहटमा महिन्द्राको नयाँ २ एस सर्भिस सेन्टर संचालनमा

बिज्ञापन
बिज्ञापन

नेपालका लागि महिन्द्रा फोर व्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप (बालाजु अटो वर्क्स) ले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

बिज्ञापन

उद्घाटन समारोह बुधबार गरिमा मोटर्सको वर्कसपमा भएको हो । समारोहमा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री समीर भट्टराई, महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट अटो डीभिजनको सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठ, गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरी द्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नि ग्रुपका प्रतिनिधिहरुका साथ साथै अन्य माननीय अतिथिहरुको उपस्थिति रहेको थियो ।

बिज्ञापन

समारोहलाई सम्बोधन गर्दै बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले भने, ‘महिन्द्राको आधिकारिक सेवा केन्द्र मधेश प्रदेश, रौतहटमा विस्तार गरिरहँदा हामी निकै उत्साहित छौँ । हामीले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य बोकेका छौँ । यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्त्वपूर्ण पाइला हो । हामीलाई यो विश्वास छ कि हाम्रा क्षेत्रीय ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउनुहुनेछ जसले महिन्द्रा गाडीको स्वामित्व अनुभव अझ परिस्कृत हुनेछ ।’

यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य रौतहट वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु रहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुप बालाजु अटो वर्क्सले आफ्ना सेवाहरु नेपालभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते