होमपेज > सिद्धार्थ बैंकको नाफा १ अर्ब ६६ करोडबढी, अन्य सूचक कस्तो?

सिद्धार्थ बैंकको नाफा १ अर्ब ६६ करोडबढी, अन्य सूचक कस्तो?

बिज्ञापन
बिज्ञापन

सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

बिज्ञापन

बैंकले गत वर्षको यसै अवधिमा १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको थियो चालू आर्थिक वर्षमा बैंकको खुद नाफा सामान्य घटेको हो। बैंकको सञ्चालन नाफा र इम्पेयमेन्ट चार्ज बढेकाले खुद नाफामा दबाब परेको हो।

बिज्ञापन

चालू आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ भने इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब २१ करोड नाघेको छ। यद्यपि बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानीमा भने वृद्धि भएको छ। गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ६ अर्ब ३३ करोड नाघेको छ। यता सञ्चालन नाफा पनि गत वर्ष करिब साढे ७ अर्ब रहेकोमा चालू आवमा बढेर सवा ८ अर्ब नाघेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्जा ४.०४ प्रतिशत, प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र वितरणयोग्य नाफा पौने १९ करोड रुपैयाँ रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते