होमपेज > एभरेष्ट बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक: ईपीएस कति?

एभरेष्ट बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक: ईपीएस कति?

बिज्ञापन
बिज्ञापन

एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३२.५५ प्रतिशतले वृद्धि भएको छ।

बिज्ञापन

बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ६० करोड रुपैयाँबढी खुद नाफा कमाएकोमा चालू आर्थिक वर्षमा बढेर ३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यस वर्ष बैंकको आय आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज समेत घटेका कारण नाफा बढ्न टेवा पुगेको हो।

बिज्ञापन

गत वर्ष बैंकको सञ्चालन नाफा ३ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ८ अर्ब रुपैयाँ नाघेको छ भने खुद ब्याज आम्दानी पनि १ अर्ब बढी रुपैयाँले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि गत वर्ष ६ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज गत वर्ष ६३ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा घटेर २७ करोड रुपैयाँमा झरेको छ।

बैंकको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७५ करोड रुपैयाँ रहकोमा चालू आर्थिक वर्षमा बढेर ६ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ। यससँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) समेत २९ रुपैयाँ ५५ पैसाबाट बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ। बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ, रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ र शेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ।

बिज्ञापन

बैंकको खराब कर्जा ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा कायम भएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते