होमपेज > नेपाल बैंकको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

नेपाल बैंकको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

बिज्ञापन
बिज्ञापन

नेपाल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बिज्ञापन

वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १३ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २०३२.८० प्रतिशतले बढेको छ।

बिज्ञापन

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३० करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड ६६ लाख रुपैयाँले ऋणात्मक थियो। बैंकको सञ्चालन मुनाफा बढेर ४ अर्ब ३१ करोड २७ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५८ करोड ५३ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ६३६.८४ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ७ अर्ब १० करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ७७ करोड ५१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २१ अर्ब ९० करोड ६७ लाख रुपैयाँ थियो।

बिज्ञापन

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.५५ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.८५ प्रतिशत थियो। खराब कर्जा व्यवस्थापन गर्न बैंकले २८ करोड २८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीए) बढेर २५.२६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.१८ रुपैयाँमा सीमित थियो। पीई रेसियो ९.९४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २६०.७४ रुपैयाँ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते