नेपाली बजारमा बिहीबारको सुनको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बुधबार १९ सय ५५रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १९ सय ६० रुपैयाँ कायम भएको हो ।








