होमपेज > खान युनिसमा इजरायली हमला, ७० जनाको मृत्यु

खान युनिसमा इजरायली हमला, ७० जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ । इजरायलले प्यालेस्टाइनी लडाकुहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो हमला भएको बताइएको छ ।

बिज्ञापन

खान युनिसको पूर्वी क्षेत्रबाट महत्त्वपूर्ण आतङ्कवादी गतिविधि र रकेट आक्रमण भएको इजरायली सेनाले सोमबार बिहान भनेको थियो । सो क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान भनिएको थियो । त्यसपछि सो क्षेत्रमा भारी बमबारी गरेको र यसमा परेर आतङ्कवादी र उनीहरूको पूर्वाधार ध्वस्त भएको सेनाले भनेको छ ।

बिज्ञापन

यो घटनाको समयमा त्यहाँ सयौँ मानिस पैदल र कारबाट भागमभाग गरिरहेको देखिएको थियो । अल अमल अस्पतालमा पाँच जनाको शव र ३३ जना घाइतेलाई ल्याइएको प्यालेस्टिनी रेड क्रिसेन्टले जनाएको थियो । ठाउँ खाली गर्ने इजरायलको आदेशपछि खान युनिसबाट दुई किलोमिटर पूर्वमा रहेको मान र बानी सुहैला सहरमा रहेका आफ्नो क्लिनिकमा सेवा ठप्प भएको स्वास्थ्य संस्थाले जनाएको छ । आफ्नो आदेश अस्पतालहरूमा लागू नहुने इजरायली अधिकारीहरूले बताएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते