नेपाली बजारमा नयाँ बर्ष २०८२ सालको कारोबारको दाेस्राे दिन बुधबार सुनको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार १९ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १९ सय ५५ रुपैयाँ कायम भएको हो ।








