होमपेज > फेरि भित्रँदैछ पानी पार्ने प्रणाली

फेरि भित्रँदैछ पानी पार्ने प्रणाली

बिज्ञापन
बिज्ञापन

अहिले देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिज्ञापन

मध्याह्न काठमाडौं उपत्यकासहित देशका केही स्थानमा घाम लागिरहेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ। मंगलबार दिउँसो ताप्लेजुङ, ओखलढुंगा, जिरी, पोखरा लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

बिज्ञापन

मंगलबार धनगढीमा सबैभन्दा बढी तापक्रम ९३७ डिग्रीसम्म० पुग्ने सम्भावना रहेको महाशाखाले बताएको छ। त्यस्तै सबैभन्दा कम तापक्रम मंगलबार राति जिरीमा ९चार डिग्रीसम्म० पुग्ने देखिन्छ। मौसमविद् विनोद पोखरेलले मंगलबार र बुधबार वर्षाको सम्भावना कम रहेको बताएका छन्। उनले बिहीबारदेखि आइतबारसम्म धेरै ठाउँमा वर्षा हुने प्रक्षेपण गरेका छन्।

अहिले देशका तराई र पहाडी भेगहरूमा गहुँ बाली भित्र्याउने बेला भएको छ। त्यस्तै दलहन र तेलहन बाली पनि भित्र्याउने तयारी किसानहरूले गरिरहेका छन्। अर्को साताको सोमबारदेखि वर्षाको सम्भावना घट्ने भएकाले त्यपछि मात्रै भित्र्याउन उपयुक्त हुने बताएका छन्। ‘गहुँ बाली भित्र्याउने सोचमा हुनुहुन्छ भने कि आज र भोलि नत्र अर्को हप्ता राम्रो देखिन्छ,’ उनले भनेका छन्। जल तथा मौसम विज्ञान विभागले पनि मंगलबार र बुधबार रातिपख उघ्रिएजस्तो हुने, बिहान घाम लाग्ने र दिउँसो पानी पर्ने सम्भावना औंल्याएको छ।

बिज्ञापन

विभागका अनुसार बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते