होमपेज > नेपालमा अटोमोवाइल व्यवसायको स्थिति अवस्था र अवसर

नेपालमा अटोमोवाइल व्यवसायको स्थिति अवस्था र अवसर

बिज्ञापन
बिज्ञापन

आजको विश्वमा यातायातका साधन र सडकलाई आर्थिक र सामाजिक गतिशीलताको द्योतक मानिन्छ। दुई विशाल छिमेकी मुलुकहरूको तुलनामा एउटा चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा झण्डै ५ गुणा र एउटा मोटरसाइकल खरिद गर्दा तीन गुणा बढी मूल्य तिर्न नेपालीहरू बाध्य भएका छन्। तथ्य र तथ्याङ्कलाई दृष्टिगत गर्दा अहिले कुल सवारी साधनहरुमध्ये ७५ प्रतिशत मोटरसाइकल/ स्कुटर मात्र रहेको छ। आर्थिक वर्ष २०७९ /८० को तथ्यांक अनुसार अहिले मुलुकमा कुल ६६ लाख ६० हजार ८४१ घर परिवारमध्ये ३ दशमलव ०८ प्रतिशतमा मात्र कार, जीव, भ्यान रहेको छ। यो अनुपात अन्य दक्षिण एसियाली राष्ट्रहरूको तुलनामा पनि ज्यादै कम हो।

बिज्ञापन

सिद्धान्तत: नेपाल सरकारले यस तथ्याङ्कलाई स्वीकार गरेको भए पनि व्यवहारत: सवारी साधनहरूलाई चुरोट, विडी र रक्सीको समूहमा राखी सोही अनुरूप कर निर्धारण गरेको छ। नेपालमा सार्क क्षेत्रकै तुलनामा सबैभन्दा उच्च दरको कर लाग्दै आएको छ।

बिज्ञापन

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ६ दशमलब ३७५ मा कार, जीप, भ्यान रहेको देखिन्छ। यस अनुसार कोशीमा २ दशमलब १८ मधेसमा १ दशमलव ४४ गण्डकीमा ३ दशमलव ६४ कर्णालीमा ० दशमलब ८३ सुदूरपश्चिममा १ दशमलव १३ प्रतिशत परिवारमा कार, जीप, भ्यान रहेको देखिन्छ। त्यसैगरी नेपालको कुल घरपरिवार मध्ये २७ दशमल २७ प्रतिशतमा मोटरसाइकल स्कुटर रहेको देखिन्छ। प्रदेशगत रूपमा हेर्दा बागमतीमा सबैभन्दा बढी ३५ दशमलव ७६ कोशीमा २४ दशमल ७७ मधेसमा ३४ दशमल १२ गण्डकीमा ३४ दशमल २० लुम्बिनीमा २५ दशमलव ५३ कर्णालीमा ६ दशमलव ६९ र सुदूरपश्चिममा १५ दशमलव ५९ प्रतिशत घरपरिवारमा मोटरसाइकल रहेको देखिन्छ।

वर्तमान विश्व परिवेशमा सवारी साधनहरू अत्यावश्यक वस्तुमा परिणत भएका छन्, सिद्धान्तत: नेपाल सरकारले यस तथ्याङ्कलाई स्वीकार गरेको भए पनि व्यवहारत: सवारी साधनहरूलाई चुरोट, विडी र रक्सीको समूहमा राखी सोही अनुरूप कर निर्धारण गरेको छ। नेपालमा सार्क क्षेत्रकै तुलनामा सबैभन्दा उच्च दरको कर लाग्दै आएको छ। एउटा नेपाली नागरिकले सामान्यतया एउटा कार, जीप, भ्यान खरिद गर्दा उसले ब्रान्ड र सिसीको आधारमा ३५१ दशमलव ४८५ देखि ४५८ दशमलव ६७ प्रतिशतसम्म महसुल बुझाउनुपर्ने हुन्छ। उच्च महसुल दरका कारण सवारी साधनहरू विलासी वस्तुमा परिणत भएका छन्। यसरी सवारी साधनहरुलाई विलासी वस्तुहरूको वर्गीकरणबाट बाहिर नल्याएसम्म सवारी साधनमा सर्वसाधारणको पहुँच पुग्न सक्दैन। त्यसमा पहुँच नपुग्नु भनेको उनीहरूको आर्थिक हैसियत माथि उठ्न नसक्नु हुन्छ। तुलनात्मक रूपले हेर्दा अ.व. २०४६/ ४७ मा नेपाल अधिराज्यमा कुल ७६,३७८ वटा मात्र यातायातका साधनहरू थिए। अ.व. २०७९/ ८० सम्म आइपुग्दा नेपालमा ४० लाख भन्दा बढी यातायातका साधनहरू भएको देखिन्छ। नेपालमा थपिदो सवारीहरूसँगै यसको चुनौतीहरू पनि थपिदै गएको छ।

बिज्ञापन

छिमेकी मुलुकहरू विश्व अटोमोवाइल हवको रूपमा विकसित हुँदै

नेपाल आज विश्वको अटोमोवाइल हव मानिने चीन र भारत जस्ता मुलुकहरूबाट घेरिएको छ। हाम्रो छिमेकी मुलुक चीन विश्वमा सवारी साधनहरूको उत्पादन र बिक्रीमा पहिलो मुलुक बनिसकेको छ। त्यसैगरी कार जीव र भ्यान जस्ता सवारी साधनहरूको निर्यातमा पनि पहिलो राष्ट्र बन्दै विद्युतीय सवारी साधनहरूको प्रविधि, उत्पादन र बिक्रीमा विश्वलाई नै नेतृत्व गरिरहेको अवस्था छ। त्यसैगरी हाम्रो अर्को छिमेकी मुलुक भारत हालका वर्षहरूमा जर्मनी र अमेरिका जस्ता विश्वका विकसित र औद्योगिक मुलुकहरूलाई समेत पछि पार्दै विश्वको तेस्रो ठूलो अटोमोबाइल उत्पादन र विक्रेता राष्ट्र बन्न पुगेको छ। आर्थिक वर्ष २०२२- २३ को तथ्याङ्क अनुसार भारतमा कुल २९ लाख कार उत्पादन भएको छ। भारतले सन् २०३० सम्म ३ करोड विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अपेक्षा राखेको छ। भारत यतिबेला विश्वकै पहिलो ट्याक्टर उत्पादक देश हो भने दोस्रो ठूलो बस उत्पादक र तेस्रो ठूलो हेभी ट्रक  उत्पादक देश पनि हो। अहिले भारतको अटोमोबाइल क्षेत्रको देशको कुल गार्हस्थ उत्पादनमा ७ दशमलब एक प्रतिशतको योगदान दिएको छ। त्यसैगरी भारतको अटोमोवाइल क्षेत्रले आफ्ना २ करोड नागरिकलाई रोजगारी समेत दिएको छ। यी कुराहरु नेपालको समग्र अटोमोबाइल क्षेत्रका लागि नै प्रसंगिक विषय हो। यसरी हाम्रा दुई छिमेकी मुलुकहरु दिन प्रतिदिन सवारी तथा ढुवानीका साधनहरूको उत्पादन बिक्री र निर्यातमा तीव्र गतिले अघि बढिरहँदा त्यसको ठिक विपरीत नेपालको अटोमोबाइल व्यवसाय भने सुस्ताउँदै गएको अवस्था छ। नेपालको अटोमोबाइल व्यवसायमा यस्तो अवस्था कसरी आयो भन्नेतर्फ मनन् गर्दै अटोमोबाइल व्यवसायलाई थप गतिशील बनाउने नीति र कार्यक्रम ल्याउनेतर्फ सरकारले आवश्यक पहल गर्नुपर्ने देखिन्छ।

नेपालमा विद्युतीय सवारी साधनको आयात

सरकारले विद्युतीय सवारी साधनको आयातलाई प्राथमिकता दिई सोही अनुरूप महसुलहरूमा केही छुट दिएको कारण नेपालमा विद्युतीय सवारी साधनहरूको आयात पनि बढ्दै गएको छ। नेपालमा आयात हुने विद्युतीय सवारी साधनहरूमध्ये ६२ प्रतिशत चीनबाट मात्र आयात हुने गरेको र आयात हुने अधिकांश साधनहरु ५१ देखि ११० किलोवाटका हुने गरेको छ। नेपालमा विद्युतीय सवारी साधनहरूको आयातमा वृद्धि भइरहेको देखिए पनि पेट्रोलियम पदार्थबाट चल्ने साधनहरूको आयातमा भने त्यसरी वृद्धि हुन नसकेको छैन। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको व्यवसाय ठूलो लगानी भएको र यसले धेरै रोजगारी समेत सिर्जना गरिरहेको, देशको पर्यटन विकास र उत्पादनमा यसले ठूलो योगदान दिने भएकोले पेट्रोलियम सवारी तथा ढुवानीका साधनहरुलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने देखिन्छ।

नेपाललाई अवसर र चुनौती

यी दुई मुलुकहरूको बीचमा पर्ने नेपालले त्यसबाट प्राप्त हुने अवसरहरूलाई सदुपयोग गर्न विद्यमान अवरोधात्मक नीतिहरूलाई परिमार्जन गर्दै अटोमोवाइल उद्योग र व्यवसायलाई थप प्रोत्साहित गर्नुपर्ने देखिन्छ। यसका लागि सरकारले नेपालमा अटोमोबाइल स्पेयर पार्ट्स र एसेसरिज ब्याट्री, लुव्रिकृण्टस र टायर लगायतका उद्योगहरू स्थापना गरी ती उद्योगहरूबाट उत्पादित अटोमोवाइल वस्तुहरूलाई हाम्रा दुई छिमेकी मुलुकहरूमा निर्यात गरी त्यसबाट प्रशस्त लाभ लिन सकिने अवस्था सिर्जना हुनसक्ने देखिन्छ। यसका लागि सरकारले अटोमोवाइल उद्योग र व्यवसायका लागि अनुकूल र स्थायी प्रकृतिको नीति अवलम्बन गर्न जरुरी छ। विश्वको अटोमोवाइल बजार हाल झन्डै चार ट्रिलियम यु.एस डलर पुगेको सन्दर्भमा हामीले त्यसबाट एउटा सानो मात्र अंश लिन सक्यौ भने मात्र पनि नेपालीहरू समृद्धिको बाटोमा जानसक्ने देखिन्छ।

(नाडा अटो न्युज २०८१ बाट साभार।)

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते