होमपेज > नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक: रु. ३९९ मा ३० जीबी डेटा

नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक: रु. ३९९ मा ३० जीबी डेटा

बिज्ञापन
बिज्ञापन

नेपाल टेलिकमले नयाँ वर्ष २०८२ को अवसर पारेर अफर सार्वजनिक गरेको छ । भोलिदेखि १५ वैशाखसम्म लागु हुनेगरी कम्पनीले डेटा, भ्वाइस र एसएमएस सेवा समेटिएका विभिन्न प्याकेज घोषणा गरेको हो ।

बिज्ञापन

यस अफरअन्तर्गत ग्राहकले रु। ३९९ मा ३० जीबी डेटा प्याक लिन सक्नेछन्, जसको अवधि १५ दिन हुनेछ । यसबाहेक एक दिनका लागि रु। ४९ मा १ एमबीपीएस अनलिमिटेड डेटा र १०० मिनेट एनटी–एनटी भ्वाइस सुविधा लिन सकिनेछ । यस्तै, ६ जीबी डेटा रु १११ मा (५ दिन), १५ जीबी डेटा रु १९९ मा (७ दिन) र २० जीबी डेटा रु २९९ मा (१२ दिन) मा उपलब्ध गराइएको छ ।

बिज्ञापन

त्यस्तै कम्पनीले विशेष फेस्टिभ कम्बो प्याक पनि ल्याएको छ । यसअन्तर्गत ३० जीबी डेटा, ६०० मिनेट सम्पूर्ण नेटवर्कमा भ्वाइस कल र २०० वटा सम्पूर्ण नेटवर्क एसएमएस सेवा उपलब्ध हुनेछ ।उक्त प्याकको मूल्य रु ७८९ रहेको छ भने पोस्टपेड प्रयोगकर्ताका लागि रेन्टल शुल्क समेत समावेश गरिएको छ ।

यो अफर प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेडका लागि ३० दिनसम्म मान्य हुने कम्पनीले जनाएको छ । टेलिकमले यस अफरबाट लाभ लिन ३१४१५८६३ डायल गर्न वा एनटी एप प्रयोग गर्न अनुरोध गरेको छ ।

बिज्ञापन

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते