शेयर कारोबार मापक नेप्से परिसूचक ८.८४ अंकले घटेको छ । शून्य दशमलव ३३ प्रतिशतले घटेर २६६१.८६ विन्दुमा बन्द भएको छ ।
बिज्ञापन
कुल ८८ कम्पनीको शेयर मूल्य बढ्यो भने १५७ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । कुल ५४ हजार ३६१ पटकको किनबेचबाट ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बिज्ञापन
आज १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच भए । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८, त्रिशुली जल विद्युत् कम्पनी ५.७८, एनआबीएल स्टेबल फन्ड ५.२२ र राधी विद्युत् कम्पनी ४.७६ ले मूल्य बढ्यो ।








