चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ ।
बिज्ञापन
हतियार सफा गर्ने क्रममा फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको चितवनका एसपी राजन लिम्बुले बताए ।
बिज्ञापन
भरतपुर महानगरपालिका–११ कसरास्थित नयाँ गोरख गणमा कार्यरत दास हतियार सफा गर्ने क्रममा अचान गोली चलेपछि घाइते भएका थिए । दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका उनलाई नयाँ मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेका हुन् ।








