साताको अन्तिम कारोबार दिन सेयर बजार ५.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६७० मा कायम भएको छ ।
बिज्ञापन
दिनभर कारोबारका क्रममा नेप्से अधिकतम २६८७ अंकसम्म पुगेको थियो । कारोबार सुरु भएको १२ मिनेटमै सो अंक समातेको बजार माथि टिक्न सकेन । क वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०४ प्रतिशत घट्यो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडको भयो । ११३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने एउटाको स्थिर नै रह्यो ।
बिज्ञापन
अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०.२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैंक सेक्टर ०.०३ प्रतिशत बढे ।








