होमपेज > महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी घर कर्जा’ घोषणा : ७.९९%मै घर कर्जा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी घर कर्जा’ घोषणा : ७.९९%मै घर कर्जा

बिज्ञापन
बिज्ञापन

महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूलाई लक्षित गर्दै ‘महालक्ष्मी घर कर्जा’ एकल अंकको आकर्षक ब्याजदर ७.९९ प्रतिशतमै प्रदान गर्ने घोषणा गरेको छ।

बिज्ञापन

बैंकले यो अफर नयाँ घर खरिद, निर्माण, पुनर्निर्माण वा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी सार्वजनिक गरेको हो। बैंकले यस्तो कर्जा वातावरणीय मापदण्ड पूरा गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतको प्रयोगमा आधारित परियोजनालाई प्राथमिकता दिइने जनाएको छ।

बिज्ञापन

यस कदमले वातावरण संरक्षण, दिगो विकास प्रवर्द्धन र नेपाल राष्ट्र बैंकको नियामकीय मापदण्डको पालना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। ग्राहक–मैत्री डिजिटल सेवा प्रवाहमा अग्रणी मानिने महालक्ष्मी विकास बैंकले हालै भारतको प्रतिष्ठित म्यागजिन “बिजनेस कनेक्ट” बाट ‘ग्राहक केन्द्रित बैंक’ को अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको छ।

त्यसैगरी, मोबाइल बैंकिङ प्रणालीलाई थप सहज बनाउन ‘महालक्ष्मी स्मार्ट साथी’ नामक एप्लिकेसन पनि सञ्चालनमा ल्याइएको छ। “सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित तीन दशकदेखि वित्तीय सेवा दिँदै आएको बैंकले हाल देशभर १०३ शाखामार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते