होमपेज > मेट्रो अनलाइन ट्याक्सीले ल्यायो विशेष अफर: १० लाखमा ईभी ट्याक्सी किन्न पाइने

मेट्रो अनलाइन ट्याक्सीले ल्यायो विशेष अफर: १० लाखमा ईभी ट्याक्सी किन्न पाइने

बिज्ञापन
बिज्ञापन

नेपालको विश्वासिलो ट्याक्सी फ्लिट मेट्रो अनलाइन ट्याक्सीले सरल किस्ताबन्दीमा नयाँ ट्याक्सी किन्न पाउने गरि विशेष अफर ल्याएको छ।

बिज्ञापन

इजी एस्योरेन्स प्रा.लि. अन्तर्गत रहेको मेट्रो अनलाइन ट्याक्सीले नेपाल सरकारको नियम अनुसार, २० वर्ष अवधि पूरा गरेका जुनसुकै ट्याक्सीहरुको सट्टामा सोधभर्ना सुविधा अन्तर्गत तथा ईभी ट्याक्सी संचालन गर्नुपर्ने भएको हुँदा पुराना ट्याक्सीधनीलाई लक्षित गर्दे सरल तथा सजिलो ट्याक्सी किस्ताबन्दी कार्यक्रम संचालनमा ल्याएको बताइएको छ ।

बिज्ञापन

देशमा रहेको बेरोजगारी समस्या र युवाको बढ्दो विदेश पलायनलाई रोक्ने लक्ष्य बनाएर हामीले यो ईभी ट्याक्सीमा किस्ताबन्दी अफर ल्याएका हौं, मेट्रो अनलाइन ट्याक्सीका अध्यक्ष संजित पौडेलले भने,यसले देशभित्रै आत्मनिर्भर हुने र नियमित आम्दानीको अवसर दिनेछ। यसले वायु प्रदूषण न्यून गर्नुका साथै स्वच्छ उर्जाको प्रवर्द्धन गर्ने सरकारी नीतिलाई सहयोग पुग्नुका साथै ट्याक्सी चालकहरुलाई समेत आर्थिक लाभ हुने उनले बताए।

मेट्रो अनलाइन ट्याक्सीले ल्याएको अफरमा १० लाख रुपैयाँ डाउन पेमेन्ट तिरेपछि किस्ताबन्दीमा ट्याक्सी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। त्यस्तै, नेपाल सरकारको मापदण्डभित्र रहेका जुनसुकै ब्रान्डका ईभी ट्याक्सीहरु यस योजना अन्तर्गत लिन सकिने व्यवस्था मिलाइएको छ। यस किसिमको किस्ताबन्दी सुबिधा विभिन्न बैंक तथा वित्तीय संस्था तथा गाडी कम्पनीहरुसँगको सहकार्यमा संचालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

बिज्ञापन

आधा दशकदेखि नेपालमा ट्याक्सी व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउने उद्देश्यका साथ स्थापना भएको सेवाप्रदायक कम्पनी मेट्रो अनलाइन ट्याक्सीले एउटै छानामुनि ट्याक्सी सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले किस्ताबन्दीमार्फत किनेका ट्याक्सीहरुलाई नियमित मर्मत सम्भार सेवामा विशेष छुट समेत प्रदान गर्नेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते