होमपेज > शिक्षक तथा कर्मचारीहरुले दिउँसै टर्च बालेर गरे सरकारको विरोध

शिक्षक तथा कर्मचारीहरुले दिउँसै टर्च बालेर गरे सरकारको विरोध

बिज्ञापन
बिज्ञापन

शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानी केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको विरोध गरेका छन् ।

बिज्ञापन

बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका दशौं हजार शिक्षक र कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । सरकारविरुद्ध चर्को नाराबाजी गर्दै आन्दोलनकारीले यसअघिको प्रतिवद्धता कार्यान्वयन नगरेकोमा असन्तुष्टि जनाएका थिए । स्थानीय तहअन्तर्गत बस्न अस्वीकार गर्दै आएका उनीहरुको माग सम्बोधन गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ, जुन सहज छैन् ।

बिज्ञापन

सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको आजको प्रदर्शनको कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् । महासंघको आव्हानमा चैत २० देखि सुरु यो आन्दोलन निर्णायक भएको बताउँदै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

बिज्ञापन

शिक्षकहरुले चैत २५ देखि आम शैक्षिक हड्ताल घोषणा गर्दा एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित भई नतिजा प्रकाशनमा ढिलाइ हुने देखिएको छ ।

शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए । आज उनीहरुले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरे ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते