होमपेज > विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा काठमाडौँ

विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा काठमाडौँ

बिज्ञापन
बिज्ञापन

काठमाडौँ पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ । शनिबार बिहान ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो ।

बिज्ञापन

हाल काठमाडौँको एक्यूआई २११ रहेको छ । यसलाई निकै अस्वस्थकर मानिन्छ । अहिले हावामा पीएम२।५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७.२ गुणा बढी रहेको छ । यस्तो अवस्थामा बाहिर व्यायाम नगर्न, घर र कार्यालयको झ्यालहरु बन्द गर्न, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र एयर प्युरिफायरको प्रयोग गर्न सुझाव दिइएको छ ।

बिज्ञापन

यो सूचीमा भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ भने पाकिस्तानको लाहोर तेस्रो स्थानमा छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः चीनको वुहान, कुवेतको कुवेत सिटी, भारतको मुम्बई, भियतनामको हानोई, थाइल्याण्डको चाङ माई, बंगलादेशको ढाका र चीनको छोङकिङ सहर छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते