सरकारले गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुईजनाको परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
बिज्ञापन
गृहमन्त्री रमेश लेखकको मन्त्रिस्तरीय निर्णयअनुसार पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको परिवारलाई सरकारको तर्फबाट १०र१० दिइने भएको हो ।
बिज्ञापन
‘गृहमन्त्रीस्तरीय निर्णयबाट दुवैजना मृतकका परिवारलाई जनही १०र१० लाख रुपैयाँ दिने निर्णय भएको छ’, गृहमन्त्री लेखकका प्रेस सल्लाहकार शेरबहादुर सिंंहले भने, ‘मृतकका परिवारलाई राहतस्वरुप सरकारकोतर्फबाट यो सहयोग दिन लागिएको हो ।’
दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहको उग्र प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार रजकको तीनकुनेस्थित मार्बल हाउसमा जलेर मृत्यु भएको थियो ।
बिज्ञापन
उया कीर्तिपुर निवास यातायात मजदुर महर्जनको भने गोली लागेर ज्यान गएको थियो । उनीहरू दुवैको पोस्टमार्ट रिपोर्ट पनि आइसकेको छ ।








