होमपेज > एलआईसी नेपालको बोनसदर सार्वजनिक

एलआईसी नेपालको बोनसदर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

एलआईसी नेपालले आर्थिक वर्ष २०८०/८१ को लागि नयाँ बोनस दरको घोषणा गरेको छ।

बिज्ञापन

कम्पनीले गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन गर्नका लागि बीमांकले तयार गरेको बीमांकिय प्रतिवेदन बीमा प्राधिकरणले चैत १७ गते स्वीकृत गरेपछि उक्त बोनस दर निर्धारण गरिएको हो।

बिज्ञापन

एलआईसी नेपालले जारी गरेका विभिन्न बीमा योजनाहरूमा बोनस दरको घोषणा गर्दै, प्रतिहजार न्यूनतम ४१ रुपैयाँदेखि ६५ रुपैयाँसम्मको बोनस दिने भएको छ। यसमा जीवन बीमा, जीवन साथी, जीवन श्री योजनामा बीमालेखको अवधिका आधारमा न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५३ रुपैयाँसम्म बोनस दिइनेछ।

सावधिक बीमा योजनामा, बीमालेख अवधिका अनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर तय गरिएको छ। जीवन आनन्द बीमा योजनामा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिइने छ।

बिज्ञापन

त्यस्तै, बाल सावधिक योजनामा ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ र अधिकतम ५७ रुपैयाँ, धन र्फिता बीमा योजनामा ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म र बाल ममता तथा बाल स्नेह बीमा योजनामा ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनसको घोषणा गरिएको छ।

एलआईसी नेपालले जीवन तरंग र न्यू जीवन तरंग बीमा योजनामा ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, जीवन बचत बीमा योजनामा ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनस दरको निर्धारण गरेको छ। जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५७ रुपैयाँसम्म बोनस दिइने जनाएको छ।

साथै, बाल समृद्धि बीमा योजनामा ५५ र ५६ रुपैयाँ र लघु सावधिक बीमा योजनामा सबै बीमा अवधिमा ४१ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते