होमपेज > ‘नेपाल पे’ कार्ड सार्वजनिक

‘नेपाल पे’ कार्ड सार्वजनिक

बिज्ञापन
बिज्ञापन

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले औपचारिक रूपमा ‘एनपीएस–नेसनल कार्ड स्विच’ (एनपीएस–एनसीएस) र ‘डोमेस्टिक कार्ड स्किम’ (नेपाल पे कार्ड) सार्वजनिक गरेको छ ।

बिज्ञापन

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल पे कार्डको औपचारिक उद्घाटन गरे । ‘नेपालको आफ्नै कार्ड’ भन्ने नारासाथ एनसीएचएलले नेपाल पे कार्ड सुरु गरेको हो ।

बिज्ञापन

सुरुवाती चरणमा सिटिजन्स बैंक, गुडविल फाइनान्स लिमिटेड, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकबाट नेपाल पे कार्ड जारी हुने कम्पनीले जनाएको छ । यसले डिजिटल कारोबारलाई स्वदेशमै सहज, सुरक्षित र किफायती बनाउने विश्वास गरिएको छ ।

यो डोमेस्टिक कार्ड स्किम अन्तर्गत डेबिट, क्रेडिट, प्रिपेड, भर्चुअल जस्ता विभिन्न प्रकारका कार्ड क्रमिक रूपमा उपलब्ध हुने जनाइएको छ । यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको यस अन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनेछ । भविष्यमा यस कार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोग गर्न मिल्ने गरी काम भइरहेको एनसीएचएलले जनाएको छ । कार्यक्रममा हिमालयन बैंकले गभर्नर अधिकारीलाई पहिलो नेपाल पे कार्ड जारी गरेको थियो भने माछापुच्छ्रे बैंकमा पहिलो पीओएस कारोबार भएको थियो ।

बिज्ञापन

कार्यक्रममा गभर्नर अधिकारीले नेपाल पे कार्डले आर्थिक स्वायत्ततामा महत्त्वपूर्ण योगदान गर्ने बताए । ‘भिसा र मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय प्रदायक मार्फत भुक्तानी गर्दा अतिरिक्त लागत लाग्थ्यो, तर अब नेपालमै कार्ड सञ्चालन हुँदा खर्च बचत हुनेछ,’ उनले भने । नेपाल आफ्नै भुक्तानी प्रणाली विकास गर्ने राष्ट्र बैंकको रणनीति अनुसार यो परियोजना कार्यान्वयनमा ल्याइएको हो ।

विभिन्न चरणको छलफल र स्वीकृतिपछि राष्ट्र बैंकले एचसीएचललाई यसको कार्यान्वयनको जिम्मेवारी दिएको थियो । यसअन्तर्गत आवश्यक पूर्वाधार तयारी पूरा भइसकेको र अब बैंक तथा वित्तीय संस्थाहरूको स्विच इन्टिग्रेट गर्ने कार्य अघि बढ्ने जनाइएको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते